२०७७/०६/२३,काठमाडौं
अमृता भण्डारी
बाग्लुङ गलकोट घर भइ लामो समय देखी साङ्गितिक क्षेत्रमा संघर्ष गरिरहेका गायक संगीत गैरेको स्वर,अनि लयमा रहेको पन्चेबाजा गीत “जन्मघर र कर्मघर” सार्बजनिक भएको छ ।
संगीत गैरेकै सङ्गीत,एम प्रसाद निउरे ‘बिष्णु ‘को शब्द रहेको गीतमा ,संगीतलाई मिठो आवाजकि धनी गायिका टिका निउरेले स्वरमा साथ दिएकी छिन । दिनेश शर्माले निर्देशन गरेको उक्त भिडियोमा लोमस शर्मा, प्रजिता राजघतानी , रमेश राज भण्डारी , दिक्षा घिमिरे फिचर्ड छ्न । सुशिल डांगीले छायान्कन गरेको भिडियोलाई निराजन केसीले सम्पादन गरेका छन । कमल सौरागले संगीत सम्योजन गरेको गीत एन्जल म्युजिक युटुब च्यानलबाट हेर्न सकिन्छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । आफ्नाे यो गीतलाई पनि सबैले मनपराइदिनेमा आफू आशावादी रेहेको गैरेले बताउनु भएकाे छ ।
