२०७७/०७/०७,काठमाडौं
अमृता भण्डारी
सरोज सान्त र निकिता थारुको आवाजमा मैथली गीत “तिम्रो दिलमा छ मेरो नाम” बोलको गीत सार्वजनिक भएको छ । सरोज मन्डलको शब्द र राजिब शाहको संगीत रहेको गीतको भिडियोमा भरत शाह र तुलसा शाह फिचर्ड छन् ।

भरत शाहको निर्माण र निर्देशनमा बनेको भिडियोलाई मदन कास्याप घिमिरेले छायान्कन गरेका छन भने ह्याप्पी नेपालले सम्पादन गरेको छ । लाहन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत भरत फिल्म युट्युब च्यानल बाट हेर्न सकिन्छ । ।