काठमाडौं, चैत २०
अमृता भण्डारी
हलिउड स्टार निकोलस केज दम्पत्ति विवाहको चार दिनमै अदालतमा सम्वन्धबिच्छेदका लागि पुगेका छन् ।५५ वर्षिय निकोलसका फ्यानहरुले किन यति छिट्टै सम्वन्धमा दरार आएको भन्दै प्रश्न गरेपनि उनले यसबारे केहि जवाफ दिएका छैनन् ।गए हप्ता आइतवार मात्र निकोलस प्रेमिका एरिका कोइकासँग विवाह दर्ता गर्न अदालत पुगेका थिए तर बुधवार नै यी दम्पत्ति पूनः सम्वन्धबिच्छेदका लागि अदालत पुगेका छन् । निकोलसको यो चौथो विवाह हो ।
